काठमाण्डौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि धेरै स्थानमा आइतबार रातिदेखि नै मतगणना शुरु भएका छन् । काठमाडौं, भरतपुर, पोखरा लगायतका ठूला महानगरपालिकामा गणना अझै शुरु भएको छैन ।
विभिन्न जिल्लाहरुबाट प्राप्त प्रारम्भिक मतगणनाको रुझान हेर्दा एमालेले शुरुवाती अग्रता लिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा एमालेलाई पछ्याउँदै छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अग्रताको हिसाबले चौथो ठूलो दल राप्रपा प्रतिस्पर्धामा देखिएको छैन ।
अहिलेसम्म मनाङको चामे र नेस्याङ गाउँपालिकामा एमालेले जित हात पारिसकेको छ । मनाङमा यसअघिका चुनावमा उम्मेदवार समेत नपाउने एमालेले यसपटक चमत्कार गरेको छ ।
प्रारम्भिक रुझान हेर्दा पहिलो चरणको निर्वाचनको जनमत एमालेको पक्षमा देखिएको छ । मतगणना ढीलो र प्रारम्भिक अवस्थामा रहेकाले मुख्य पार्टीहरु आआफ्नो पक्षमा परिणाम आउनेमा आशावादी नै देखिएका छन् ।
यसअघि निर्विरोध भएको संख्या जोड्दा एमालेले तीन गाउँपालिका प्रमुख जितेको छ । कांग्रेसले एउटा गाउँपालिका प्रमुख निर्विरोध जितेको छ ।
एमालेले काठमाडौंको शंकरापुर, टोखा, नागार्जुन र किर्तिपुर नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै काभ्रेको बनेपा,नुवाकोटको बिदुर,नवलपरासीको गैंडाकोट,देवचूली पनि एमालेको अग्रता देखिएको छ ।
ललितपुर महानगरपालिकामा कांग्रेसले शुरुवाती अग्रता लिएको छ । त्यस्तै काठमाडौंको बुढानीलकण्ठ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसको अग्रता रहेको छ ।
त्यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।
त्यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
माओवादी केन्द्र काठमाडौंको चन्द्रागिरी नगरपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शुरुवाति अग्रताको अवस्थामा छ ।
गाउँपालिकाहरुको गणनामा पनि एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ ।
नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरु
१. गुर्भाकोट नगरपालिका (सुर्खेत)
२. थाहा नगरपालिका (मकवानपुर)
३. महालक्ष्मी नगरपालिका (ललितपुर)
४. रुबीभ्याली गाउँपालिका (धादिङ)
५. धुनीबेंसी नगरपालिका (धादिङ)
६. गजुरी गाउँपालिका (धादिङ)
७. मनहरी गाउँपालिका (मकवानपुर)
८. बन्दीपुर गाउँपालिका (तनहुँ)
९. मादी गाउँपालिका (कास्की)
१०. बेनी नगरपालिका (म्याग्दी)
११. कीर्तिपुर नगरपालिका (काठमाडौं)
१२. नागार्जुन नगरपालिका (काठमाडौं)
१३. गैंडाकोड नगरपालिका (नवलपरासी)
१४. देवचुली नगरपालिका (नवलपरासी)
१५. विदुर नगरपालिका (नुवाकोट)
१६. कागेश्वरी गाउँपालिका (नुवाकोट)
१७. डुंगेश्वर नगरपालिका (दैलेख)
१८. लेकबेंसी नगरपालिका (सुर्खेत)
१९. बनेपा नगरपालिका (काभ्रे)
२०. फेदीखोला गाउँपालिका (स्याङजा)
२१. गोकर्णेश्वर नगरपालिका (काठमाडौं)
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह
१. ललितपुर महानगरपालिका
२. मुसिकोट नगरपालिका (रुकुम)
३. दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल
४. शारदा नगरपालिका (सल्यान)
५. चन्द्रागिरी नगरपालिका (काठमाडौं)
६. गोदावरी नगरपालिका (ललितपुर)
७. बुढानीलकण्ठ नगरपालिका (काठमाडौं)
८. गोरखा नगरपालिका (गोरखा)
१०. तादी गाउँपालिका (नुवाकोट)
११. कुसे गाउँपालिका (जाजरकोट)
१२. जिरी नगरपालिका (दोलखा)
१३. कागेश्वरी मनहरा नगरपालिका (काठमाडौं)
१४. टोखा नगरपालिका (काठमाडौं)
माओवादीले अग्रता लिएका स्थानीय तह
१. चौरजहारी नगरपालिका (रुकुम)
२. गोलनचौर गाउँपालिका (सिन्धुली)
३. थाक्रे गाउँपालिका (धादिङ)
४. नेत्रावती गाउँपालिका (धादिङ)
५. रोशी गाउँपालिका (काभ्रे)
६. वागमती गाउँपालिका (मकवानपुर)
७. भेरीगंगा नगरपालिका (सुर्खेत)
८. शिवालय गाउँपालिका (जाजरकोट)
९. बारेकोट गाउँपालिका (जाजरकोट)
१०. काफीकोट गाउँपालिका (रुकुम)
११. कोञ्जोस्योङ गाउँपालिका (ललितपुर)
अन्य दल/ स्वतन्त्रले अग्रता लिएका स्थानीय तह
१. महांकाल गाउँपालिका, ललितपुर– स्वतन्त्र