
गडीगाँउ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ गडीगाउँमा बालबालीकाहरु द्धारा आयोजित श्रीमद् भागवत महापुराण आज समापन भएको छ । एक गतेदेखि आज सम्म चलेको पुराणबाट ५ लाख बढि रकम संकलन भएको छ ।
साथै १० सेट तबला, ४ थान हार्मोनियम, १५ मन चामल र ३० मन धान दाताहरुबाट संकलन भएको क्लबका आर्थीक समिती संयोजक समिर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मेनुका खतिवडा, गोकुल गुरुङ्ग, चेतन ढुङ्गेल र रोश्नी हार्डवेयरले हार्मोनियम प्रदान गर्नुभयो भने नीलमणी न्यौपाने, यादव खतिवडा, हरीषचन्द्र पराजुली, विरु पङ्गधाक, सुसिल पौड्याल, डेगेन्द्र कार्की, दिनानाथ काफ्ले, अर्जुन कुइकेल र उदय चन्द्र कोइरालाले एक एक सेट डुकि तबेला प्रदान गर्नुभएको छ ।

सिद्धेश्वर प्रतिभा बाल बगैँचा कलबले आयोजना गरेको सो पुराणबाट संकलित रकमले सो मन्दिर परिसरमा निर्माणाधिन पुस्तकालयलाई पूर्णरुप दिने, बालबालिकाको स्तरोन्नतिका लागि कम्प्युटर खरिख गरी प्राविधिक ज्ञान प्रदान गर्ने, बाद्यबादन सामग्री खरिद गरी स्थानीयस्तरमै संगीतको औपचारिक ज्ञान हासिल गर्ने बाल क्लबका अध्यक्ष पुजा दाहालले बताउनुभयो ।

पुराणमा बाल पण्डित राजन अधिकारी र सञ्जय सापकोटा मुख्य बाचक रहनुभएको थियो भने पुराण अबधिभर बालबालीकाहरुले नै झांकी प्रदर्शन देखि लिएर कार्यक्रम सञ्चालन लगायत सम्पुर्ण कार्यहरु गरेका थिए । प्ुाराणको समापनको अवसरमा आज सामुहिक ब्रतबन्धसहित गुन्युचोली कार्यक्रम पनि सम्पन्न भएको छ ।

२०७१ सालमा स्थापित बाल क्लबले बालबालिकाको बृत्ति विकासका लागि विभिन्न कार्यक्रम गर्ने, बालबालिकमा निहित प्रतिभा प्रष्फुटन गर्ने, नैतिक तथा आध्यात्मिक आचरणको विकासमा मद्धत गर्ने, एक आपसमा भएका सीपहरु आदान प्रदान गर्ने योजना बनाएका छन् ।
क्लबले साहित्यिक, सांस्कृतिक, सांगीतिक, अभिनयात्मक क्षमता तथा विचारलाई सबै सामु निर्धक्क राख्न सक्ने क्षमताको विकासका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ । उक्त बाल क्लबको सहजीकरण बासुदेव न्यौपाने, कृष्ण कुइकेल, ज्ञानु सुब्बा, आयुष निरौला र कृष्ण न्यौपानेले सहजिकरण गर्दै आउनुभएको छ ।