
भद्रपुर । गएराति भद्रपुर ८ किराँत कोलोनीमा रहेको एउटा फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।
आगलागी देबेन्द्र बस्नेको फर्निचर उद्योगमा भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार एक करोड २५ लाख मूल्य बराबरको सम्पति क्षति भएको अनुमान गरिएको छ ।
भद्रपुर, बिर्तामोड , मेचीनगरका दमकल तथा ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी को सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Facebook Comments Box