
पथरी । मोरङको भुटानी शरणार्थी शिविर शनिश्चरेमा शनिवार दिउँसो आगलागी हुँदा एउटा छाप्रो जलेर नस्ट भएको छ ।
आगलागीबाट सेक्टर जि-२ का बलबहादुर पाण्डेको छाप्रो जलेको शिविर सचिव चम्पासिंह राईले जानकारी दिए । आगलागी स्थानीयबासी र दमक नगरपालिकाको बारुण यन्त्रले नियन्त्रण लिएको बताइएको छ ।
खाना पकाउने ग्यास लिक भएर आगलागी भएको अनुमान गरिएको छ ।
Facebook Comments Box