
काठमाडौं, २३ चैत । महोत्तरीको बर्दिवासमा निर्माण भइरहेको एकीकृत मुसहर बस्तीको हस्तान्तरण वैशाख १ गते कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्ने भएका छन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण जारी राखेका नमुना बस्तीका घरहरु कलाकारद्वय श्रेष्ठ र आचार्यले स्थानीयलाई हस्तान्तरण गर्ने फाउन्डेसनका अध्यक्ष तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए ।
उनका अनुसार कलाकारद्वय श्रेष्ठ र आचार्यका साथै आफ्ना बुबाआमा र जनकपुरधाम सफाई एवम् गंगा आरतीका प्रनेता पत्रकार तथा समाजिक अभियन्ता रामआशीष यादवले बस्ती हस्तान्तरण गर्नेछन् ।
नयाँ वर्षको दिन बिहान ८ बजे नमुना मुसहर बस्ती हस्तान्तरण हुने छ । नयाँ वर्षको दिनको दिन हुने बस्ती हस्तान्तरण कार्यक्रममा उपस्थित हुन अध्यक्ष धुर्मुसले सामाजिक सञ्जाल फेसबुकबाट आग्रह गरेका छन् ।
Facebook Comments Box