
जाजरकोट । जाजरकोटका नेविसंघ नेता रवीन्द्र शाहको हत्यमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई अाज जाजरकोट प्रहरीले सार्वजनिक गरेको छ। हत्याको आरोपमा पक्राउ परेका जाजरकोटका दिलबहादुर लामा र ठगेन्द्र सिंहलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका दुबै जना विप्लव माओवादीको सदस्य भएको र चन्दा नदिएका कारण शाहको हत्या गरिएको प्रहरीले बताएको छ। नेता शाहको गत चैत्र १५ गते साँझ जाजरकोटमा हत्या भएको थियो।
शाहको हत्यामा संलग्न रहेका अन्य दीर्घबहादुर नेपाली, बलबहादुर मल्ल, प्रेमबहादुर ओली, इन्द्र शाही र एक जना नामनखुलेका ब्यक्ति भने फरार रहेको र उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box