काठमाण्डाैं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती हस्तान्तरणको १० दिन बँंकि रहँदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ ।

धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पछाडी पीडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपलीज ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प्रदान गरेको हो ।
सहयोग रकम हस्तान्तरणका लागि उक्त एसोसिएसनबाट नेपाल आउनुभएका एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ लाई सहयोग हस्तान्तरण गरेका हुन् । बस्तीमा बनिरहेको घरको तारिफ गदै रायमाझिले साँच्चै नमुना र चमत्कारी काम भएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ ले परियोजना सक्किन १० दिन बाँकि हुदा आएको उक्त सहयोगले आफुहरुलाई हौसला मिलेको बताउदै उनले भने ‘ढुक्कले बस्ती हस्तान्तरण गर्न सक्ने भएका छौं, सहयोगका लागि मिनेसोटा बासी सहयोगीहरुलाई हृदय देखीनै धन्यवाद दिन चाहान्छौं ।’
‘परियोजना १० दिन बांकि रहँदा यति ठुलो सहयोग रकम आयो, जुन हामीले कल्पना समेत गरेका थिएनौं’ उनले भने ‘सत्कर्म गदै अगाडि बड्दा सहयोग जुट्ने रहेछ ।’ बस्ती निर्माणका लागि आर्थिक तथा श्रम सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिदैं कट्टेलले फाउण्डेशनले बस्ति निर्माणका लागि राखेको अनुमानीत रकम पुरा भएको समेत घोषणा गरेका छन् ।
५० वटा घर बनाउने भनिए पनि अहिले ५३ वटा घर बनेको बताउँदै अध्यक्ष कट्टेलले बैसाख १ गते बस्ती हस्तान्तरण समारोहमा उपस्थितीको लागि समेत आग्रह गरेका छन् ।