आयुष निरौला
गडीगाँउ, चैत २० । झापाको बुद्ध–शान्ति गाउँपालिका ६ गडीगाँउ साविक शान्तिनगर २ स्थित शिद्धेश्वर शिव मन्दिर द्धारा गठीत बाल क्लब शिद्धेश्वर प्रतिभा बाल बगैँचाको आयोजनामा बैशाख १ गते देखि श्रीमद् भागवत महापुराण धान्यञ्चल महायज्ञ आयोजना हुने भएको छ ।
पुराणबाट संकलित रकमले सोहि मन्दिर परिसरमा निर्माणाधिन पुस्तकालयलाई पुर्ण रुप दिने, बालबालिकाको स्तर उन्नतीको लागी कम्प्युटर खरिद गरि प्राविधिक ज्ञान हासील गर्ने, बाध्यबाधनको सामाग्री खरिद गरि स्थानिय स्तरमै संगीतको औपचारिक ज्ञान हासिल गर्ने बाल क्लबका सहजकर्ता बासुदेव न्यौपानेले जानकारी दिनुभयो ।
बाल पंण्डित राजन अधिकारी र सञ्जय सापकोटा मुख्य बाचक रहेको पुराणमा एक गते कलश यात्रा, दुई गतेदेखि प्रत्येक दिन कथा श्रवण, आरती पुजा, भजन किर्तन र प्रत्येक दिन साँझ बालबालिकाहरु द्धारा झाकी प्रस्तुत गरिने छ ।
पहिलो दिन सिद्धीदाता गणेश, दोस्रो दिन कपिल देव हुती, तेस्रो दिन वामन अवतार,चौथो दिन कुष्ण जन्म, पाँचौ दिन गोवरधन लिला, छैटौ दिन रुकमीणी विवाह र अन्तिम दिन कृष्ण सुधामा मिलनको बाल क्लबका बालबालीकाहरु बाटै झाकी प्रस्तुत गरिने सहजकर्ता कृष्ण न्यौपानेले जानकारी गराउनुभयो ।
उहाका अनुसार नौ गते सामुहिक ब्रत्बन्धसहित गुन्युचोली कार्यक्रम पनि गरिने छ। सात दिनका लागी सात जना अध्यक्ष मण्डल बालबालिकाको समिति गठन गरिएको छ।
वि. स. २०७२ सालमा स्थापित बाल क्लबले बालबालिकाको बृद्धि विकासका लागी विभिन्न कार्यक्रम गर्ने, बालबालिकमा निहीत प्रतिभा प्रष्फुटन गर्ने, नैतिक तथा आध्यात्मिक आचरणको विकासमा मद्धत गर्ने, एक आपसमा भएका सिपहरु आदान प्रदान गर्ने र भएका साहित्यीक, सांकृतिक,सांगीतिक अभिनयात्मक क्षमता तथा विचारलाई सबै सामु निर्धक्क राख्न सक्ने विकासका लागी विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
उक्त क्लवमा हाल १०० जना बालबालिकाहरु आबद्ध छन भने बासुदेव न्यौपाने, नृत्य प्रशिक्षक ज्ञानु सुब्बा, समाजसेवी तथा कलाका धनी कृष्ण न्यौपाने र कृष्ण कुइकेल सहजकर्ताको रुपमा रहेका छन् । क्लबका सहजकर्ताले प्रत्येक शनिबार विहान१० बजेदेखी १२ बजेसम्म क्षमता अभिबृद्धि सम्बन्धि विभिन्न क्रियाकलाप तथा तालीम प्रदान गर्दै आएका छन । आयोजीत पुराण पनि सोहि बाल क्लबका बालबालिकाहरुकै सक्रियतामा आयोजना गर्न लागीएको हो । पुराणमा स्वागतदेखि सञ्चालन लगायत सम्पुर्ण कार्य बालबालिकाले नै गर्ने जनाइएको छ ।
