
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरकोे टोलीले मध्यपुरठिमी नगरपालिका–२ बस्ने प्रेमकृष्ण श्रेष्ठले ठिमी बोडेमा सञ्चालन गरेको न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलाइरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ ।
प्रहरीले रेस्टुरेन्ट सञ्चालक श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए ।
प्रहरीले पक्राउ परेकालाई म्याद थप गरेर आवश्यक कारबाही अगाडि बढाउने उनले जानकारी दिए ।
Facebook Comments Box