
मेचीनगर । मेचीनगर लेडी जेसीज उत्कृष्ट जेसीजको रुपमा सम्मानित भएको छ । नेपाल जेसीजले प्रत्येक महिना उत्कृष्ट जेसीज घोषणा गर्दै आएकोमा मेचीनगर लेडी जेसीजलाई क्षेत्र क अन्तर्गत वर्ष २०१७ को फेबु्रअरी महिनाको जेसीज अफ द मन्थ घोेषणा गरि सम्मान गरेको हो ।
मेचीनगर लेडी जेसीजले यस क्षेत्रमा गर्दै आएको कार्य तथा जेसीज अभियानलाई अघि बढाउन मदत पुर्याएको भन्दै लेडी जेसीजको कार्यको मुल्यांकन गर्दै जेसीज अफ द मन्थ घोषणा गरेको संस्थापक अध्यक्ष कविता शर्माले जानकारी दिइन् ।
यसैबिच शुक्रबार मेचीनगर लेडी जेसीजले नयाँ सदस्यहरुका लागि आयोजना गरेको एक दिने प्रशिक्षण सम्पन्न भएको छ । नयाँ सदस्यहरुलाई जेसीजको परिभाषा, उदेश्य, नियम, जेसीजले गर्ने कार्य लगायतका बिषयमा टिका सुवेदीले प्रशिक्षण दिएकी थिइन् ।
लेडी जेसीजकी अध्यक्ष शोभा श्रेष्ठको सभापतित्व तथा प्रशिक्षक सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थपक अध्यक्ष कविता शर्मा, कार्यकारिणी उपाध्यक्ष तुलसा दंगाल भण्डारी, प्रशिक्षार्थी कविता ओली प्रसाई लगायतले मन्तब्य राखेका थिए । तालिम संयोजक शुशिला खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुनिता पनेरुले गरेकी थिइन् । प्रशिक्षण मेचीनगरस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा सम्पन्न भएको हो ।