
काठमाडौं । भुकम्प पछिको बाल बालिका हराउने क्रम भयावह बन्दै गएको एक सर्वेक्षणले देखाएको छ ।
बालबालिका ओसार पसार तथा बेचबिखन बिरुद्धको अभियानमा सक्रिय बाल उद्धार नेपालले भूकम्प पछि नेपालका तीन जिल्लामा गरेको सर्वेक्षणको प्रतिवेदनले भूकम्प पछि बाल बालिका हराउने र बेचिने क्रम ५ प्रतिशतले बढेको देखाएको छ ।
इस्तर बेन्जामिन स्मृति संस्था संगको समन्वयमा बाल उद्धार नेपालले बारा, मकवानपुर र धादिङ जिल्लामा बाल बालिका ओसार पसार तथा बेचबिखनको अवस्था दिनानु दिन बढ्रदै गएको देखाएको हो ।
सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरि संस्थाले भुकम्पले क्षति पुर्याएको र सीमासंग जोडिएको जिल्लामा गरिएको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको होे ।
तीन जिल्लाका ११ सय ३४ घरधुरीको सर्वेक्षण मार्फत संस्थाले बालबालिकाको अवस्था को अध्ययन गरेको संस्थाकी नेपाल निर्देशक जमुना श्रेष्ठ भट्टराईले बताए ।
गरिबी, जनचेतनाको कमी, पारिवारीक समस्या जस्ता विभिद कारणले गर्दा बालबालिका हरु बेचिने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।