
काठमाडौं । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा मारिएका गोविन्द गौतमलाई सरकारले शहिद घोषणा गरेको छ।
कञ्चनपुर घटनाबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री विमलेन्द्र निधिले गौतमलाई सहिद घोषणा गरिएको बताए।
गौतमको परिवालाई सरकारले १० लाख दिने र उनका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने निर्णय भएको निधिले संसदलाई जानकारी दिए।
घटनाबारे भारतीय दूतावासलाई ‘डिप्लोम्याटिक नोट’ पठाइएको बताए।
Facebook Comments Box