
काठमाडौं । विवेकशील नेपाली दलले धुर्मुस सुन्तली फाउन्डेसनको पुनर्निर्माण अभियानमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
शनिबार दलको कार्यालय काठमाडौँमा एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा संस्थाको प्रथम राष्ट्रिय परिषद्को लागि मोरङ जिल्लाका प्रतिनिधि सरस्वती आचार्यले रकम फाउन्डेसनका संस्थापक सीताराम कट्टेल ‘धुर्मुस’ लाई हस्तान्तरण गरिन् । फाउन्डेसनको कामको प्रशंसा गर्दै दलको तर्फबाट एक कृतज्ञता पत्र पनि प्रदान गरिएको छ।
पुनर्निर्माणमा धुर्मुस सुन्तली फाउन्डेसनले गरेको कामलाई थप सहयोग पुगोस् भन्नका लागि यो सहयोग गरेको दलका प्रवक्ता रमेश पौड्यालले जानकारी दिए।
विवेकशील नेपालीले धुर्मुस सुन्तलीको काम पारदर्शी र प्रभावकारी भएको भन्दै प्रशंसा समेत गरेको छ।
रकम हस्तान्तरण समारोहमा बोल्दै फाउन्डेसनका संस्थापक सीताराम कट्टेल आफ्नो फाउन्डेसन विवेकशील नेपालीको यस सहयोगप्रति कृतज्ञ व्यक्त गरे।