बनेपा । धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा आज मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ ।
विध्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र काँगे्रस निकट नेपाल विध्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिए ।
पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विध्यार्थी भर्नाको विषयलाई लिएर उम्मेदवारी दर्ता स्थगित भएको छ । यस्तै काभ्रेपलान्चोकका त्रिभुवन विश्व विध्यालयबाट सम्बन्धन प्राप्त अन्य चौधवटा विभिन्न क्याम्पसमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन यसपटक आठ वर्षमा हुदै छ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा २८ वर्षको उमेर हद र मिश्रीत चुनाव प्रणाली अवलम्बन गरिने बताइएको छ ।