
विर्तामोड । सरकारले नेपाल प्रहरीका २० डिआइजीको सरुवा गरेको छ। प्रहरी प्रधानकार्यलले बुधबार सार्वजनिक गरेको सरुवा लिस्टमा २० जान डिआइजी रहेका छन्। गृह मन्त्रालयले सोमबार गरेको सरुवामा उपत्यकाका विभिन्न परिषर, विभाग र प्रभागका साथमा क्षेत्रीय प्रहरी कार्यलयमा सरुवा गरिएको जनाइएको छ।
ट्राफिक प्रहरी महाशाखामा रहेका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अ. नि. ब्यूरोमा सरुवा गरिएको छ । बमबहादुर भण्डारीलाई विशेष ब्यूरोबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा लगिएको छ । त्यस्तै विजयलाल कायस्थलाई अपराध अनुसन्धान विभागबाट क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ।
अख्तियारमा कमल सिंह बमलाई र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पंकज श्रेष्ठलाई लगिएको छ।
हेराैँ काे–कहाँ सरुवा भए ?
Facebook Comments Box