
विर्तामोड । झापाको बिर्तामोडस्थित मेघा कम्प्लेक्समा हाइड्रोसिफालस रोगबाट पीडित भइ हाल बिराटनगरस्थित नोबेल हस्पिटलमा उपचार गराइरहेका आर्यन मगरलाई बचाउन हेल्पिङ हेन्डसको आयोजनामा भएको आर्यन मगर बचाउ अभियान अन्तर्गतको साँस्कृतिक कार्यक्रम भब्य्ताका साथ सम्पन्न भएको छ। कार्यक्रममा ५० हजार १ सय ५० रुपैयाँ संकलन भएको बताइएको छ ।
हेल्पिङ हेन्डस र अन्य संस्थाहरुको सहयोगमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार हरु श्री कृष्ण लुइँटेल “बोकेदारी”, जुनु प्रसाईं, पुर्वाञ्चल आइडल प्रेम आङ्दाङ्बे लगायतको बेजोड सांतगीतिक प्रस्तुति रहेको थियो। कार्यक्रमको संचालन हेल्पिङ हेन्डसका अध्यक्ष सुमन शर्मले गरेका थिए भने बिचमा साथ सञ्चारकर्मी सरोज पौडेलले दिएका थिए।
आर्यन मगरलाई बचाउने, पैसाकै कारणले कसैको ज्यान जान नदिने भन्दै युवाहरुको यो समुहले बिगत केहि दिनदेखि आर्यन मगर बचाउ अभियानलाई झापाका बिभिन्न स्थानहरुमा तिब्रता दिँदै आएको छ।