
बिर्तामोड । फागुन ७ गते हुने नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशनका लागि प्रेस चौतारी झापाले विभिन्न पदमा उम्मेदवारको घोषणा गरेको छ ।
बिहीबार बिर्तामोडमा सम्पन्न निर्वाचन परिचालन समितिको बैठकले गरेको निर्णयानुसार जिल्ला कार्यसमिति, केन्द्रीय सभाषद र प्रदेश सभाषदमा उम्मेद्वारको नामावली तय गरिएको हो । चौतारीले गोपाल काफ्लेलाई महासंघको अध्यक्षको उम्मेद्वार बनाएको छ । काफ्ले साझामञ्च डटकम र साझामञ्च मासिक पत्रिकाका सम्पादक हुन् । उनी पत्रकारिता विषयका प्राध्यापकसमेत हुन् ।
उपाध्यक्षमा गोपाल झापाली, महिला उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा सन्तोष आचार्य, सहसचिवमा अर्जुन कार्की, समावेशी सहसचिवमा आत्माराम राजवंशी र कोषाध्यक्षको उम्मेद्वार यामनाथ बिमली हुने पक्का भएको हो ।
कार्यसमिति सदस्यको उम्मेद्वारमा बिनोद सापकोटा, हिमाल खरेल, युवराज विवश, राम निरौला, रमेश तिवारी, मिना विक, विमर्श उप्रेती, लक्ष्मी काफ्ले, मिलन अधिकारी, अनिता भेटवाल, किशोर उपरकोटी र आशिष साहाको नामावली तय गरिएको छ ।
केन्द्रीय सभाषदमा तीर्थ सिग्देल, मोहन काजी, माधव बिद्रोही, गोपाल गड्तौला, चेतन अधिकारी, मुक्ति पौडेल, राजु अधिकारी, लक्ष्मी उप्रेती, विशाल नेम्वाङ, अनिलदेव राई, मनकुमार गदाल, सुब्रत न्यौपाने, टिकाराम नेती, अनिल वाग्ले, पुष्प बराल, कृष्ण कार्की, बिष्णु पोखरेल, पर्वत पोर्तेल, रोहित काफलेको नाम तय गरिएको चौतारी झापाका सचिव प्रदीप परियारले बताए ।
महिला केन्द्रीय पार्षदको उम्मेद्वारमा अम्बिका भण्डारी, गङ्गा बराल, टिकामाया लामिछाने, माया पकुवाल, लक्ष्मी नेपाल, गीता घिमिरे र साबित्रा दाहाललाई चयन गरिएको छ ।
प्रदेश पार्षदमा नेत्र पाठक, हरिचरण बानियाँ, धर्मेन्द मामा, कृष्ण मिश्र, मदनकुमार खरेल, अर्जुन बस्नेत, प्रदीप परियार, अग्नि कोइराला, गोपीचन्द्र मिश्र, छविलाल दवाडी, राजकुमार ओली, उमानाथ भण्डारी, गीता ढुङ्गाना, डम्बर बराल, ज्ञानबहादुर बिष्ट, पिनाकी कोइराला, छविराज ढकाल, नरेन्द्र ढकाल, रिपेश पुडासैनी, राजु पौडेल, गोविन्दराज कट्टेल, सागर गौतम, दिपेन्द्र कटुवाल, मेलिना पाठक, मिनपकाश उप्रेती, भुपाल लुइँटेल, लोकनाथ रिजाल, रमेश क्षेत्री, डम्बर बराल, दिपेन्द्र पौडेल, उमेश राउत, कमला श्रेष्ठ, चन्दना बराल, दिलीप धिमाल, देवीप्रसाद गौतम र विरेन्द्र न्यौपानेको नामावली तय गरिएको छ ।