
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टे्स संस्था (आइक्यान) ले लेखा व्यावसायको विकास, संरक्षण र सम्बद्र्धनमा राज्यका सबै निकायको सहकार्य आवश्यक भएको जनाएको छ ।
आइक्यानको २० औंँ वार्षिकोत्वका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा कावा महालेखा परीक्षक सुकदेव खत्रीले सार्वजनिक जवाफदेहितानुसार मुलुकको आर्थिक सुशासनका लागि सबैको सहकार्य आवश्यक भएको बताए ।
उनले पेसागत इमान्दारीलाई कायम गर्दै महालेखा परीक्षकको कार्यालय आइक्यानसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। खत्रीले सार्वजनिक क्षेत्रमा देखिएको आर्थिक अनुशासनहीनतालाई सच्याउनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा आइक्यानका अध्यक्ष महेश खनालले लेखा तथा आर्थिक क्षेत्रमा काम गर्दै आएका लेखापरीक्षकले मुलुकको आर्थिक सुशासन कायम राख्न पेसागत इमान्दारीलाई कायम गर्नुपर्ने सुझाव दिए । सो अवसरमा आइक्यानका पूर्वाध्यक्ष, संस्थामा कार्यरत उत्कृष्ट कर्मचारी एवम् सिएमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।