काठमाडौं । यमबुद्ध अर्थात् अनिल अधिकारीको शव आज काठमाडौं ल्याइँदै छ ।
शनिबार दिउँसो ३ बजे इतिहाद एरवेजबाट उनको शव त्रिभुवन विमानस्थलमा ल्याइन लागेको हो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने र बेलुकी ५ बजे पशुपती आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
चर्चित र्यापर यमबुद्धको मृत्यु गत माघ १ गते लण्डनको साउथह्यारोस्थित उनको ससूराली घरमा भएको हो । उनको शव बाथरुममा कम्मरमा लगाइने पेटीमा भुण्डिएको अवस्थामा फेला पारेको पारिवारिक श्रोतले दाबी गरेको छ ।
Facebook Comments Box