
धनगढी । प्रतिकूल मौसमका कारण निर्माणस्थलमा आउन सम्भव नभएपछि राष्ट्रपतिले विद्यादेवी भण्डारीले दाङको भालुवाङ्गबाट टेलिफोनमार्फत शुभकामना दिएर खानेपानी आयोजनाको उद्घाटन गरेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीमा निर्माण सम्पन्न भएको शिवनगर दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार उद्घाटन गरेकी हुन् ।
राष्ट्रपति सवार हेलिकप्टर काठमाडाँैबाट धनगढीका लागि उडेको केही समयमा नै मौसममा आएको खराबीका कारण दाङको भालुवाङमा अवतरण गराइएको थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै धनगढीको खानेपानी आयोजनाका साथै कैलालीको बर्दगोरिया महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
Facebook Comments Box