दाङ । धनगढीमा एउटा कार्यक्रममा सहभागी हुन राष्ट्रपतिलाई विद्यादेवी भण्डारीलाई लिएर उडेको हलिकप्टरले दाङमा अवतरण गरेको छ ।
प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा उक्त हेलिकप्टर अवतरण गराइएको बताइएको छ ।
राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा रहेकी छिन् ।
मौसम अनुकूल हुनसाथ उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए ।
Facebook Comments Box