
राजविराज । जिल्ला अदालत राजविराजले देवर हत्या गर्ने एक महिलालाई जन्म कैदको सजाय सुनाएको छ । दश वर्षीय देवरको हत्या गर्ने महिला सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् ।
Facebook Comments Box