
पाँचथर । शुक्रबार विहान पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा ट्रयाक्टर दुर्घटनामा हुँदा रानीटार ६ का ५२ बर्षिय भीमबहादुर गुरुङको मृत्यु भएको छ । अन्य तीनजना गम्भीर घाइते भएका छन् ।
उपचारका क्रममा गरुङको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिएका छन् ।
मे १ त ३६९० नं ट्रयाक्टर गोलिया काठ लिएर फिदिमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो ।
दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिम नगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा तथा फिदिम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Facebook Comments Box