
मेचीनगर । झापाको मेचीनगर ४ मा अवस्थित सबोध साधना बाल आश्रममा एक दिने निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
ह्याल्पिङ् ह्याण्डस्को आयोजना तथा साकुरा डेन्टल होम, इच्छा मेडिकल हल र ओआसिस एजुकेशन विर्तामोडको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आश्रममा रहेका ३० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको ह्याल्पिङ् ह्याण्डस्का संस्थापक कमल न्यौपानेले जानकारी दिएका छन् । शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् साकुरा डेन्टल होमका डिएच मित्र अधिकारीले गरेका थिए ।
साथै उनले बालबालिकाको स्वास्थ्य परिक्षण समेत गरेका थिए । डिएच अधिकारीका अनुसार शिविरमा धेरै प्रकारका विरामीहरु फेला परेका थिए । ती मध्ये केहीलाई जटिल समस्या देखिएको र उनीहरुलाई छुटमा अन्य सेवा सुबिधाहरु प्रदान गरिने समेत बताइएको छ । सिविरमा स्वास्थ्यको बारेमा परामर्श पनि प्रदान गरिएको थियो ।
उक्त संस्थाले यस अघि पनि यस प्रकारका निःशुल्क स्वास्थ्य शिविर साथै विभिन्न सामाजिक गतिविधीहरु सञ्चालन गर्दै आएको छ । सस्थाका उपाध्यक्ष सुमन शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन सल्लाहकार इभन लुईटेलले गरेका थिए ।