काठमाडौं । सरकारी जागिरका लागि लोकसेवा आयोगमा ६ सय ५१ जना तेस्रो लिंगीले आवेदन दिएका छन् । आयोगले खुला गरेको रोजगारी आवेदनमा विभिन्न पदमा ६ सय ५१ तेस्रो लिंगीले आवेदन दिएको आयोगले जनाएको छ ।

आवेदन दिँदा लिंग खुलाउनु पर्ने भएकाले यो तथ्याङक निकाल्न सम्भव भएको आयोगले जनाएको छ । हालसम्म यो नै सबैभन्दा बढी संख्यामा परेको आवेदन हो ।
आयोगमा परेको पाँच लाख ९५ हजार ३१ आवेदनकर्ताहरु मध्ये ६ सय ५१ जना तेस्रो लिंगीको आवेदन परेको सुचना अधिकारी गिता हमागाईँले बताईन् ।
पुरुष र महिला जस्तै तेस्रो लिंगीले पनि सरकारी जागीरमा आवेदन दिन पाउने छन् । संविधानमा समेत तेस्रो लिंगीले सरकारी जागिरका लागि आवेदन दिन पाउने अधिकार प्रत्याभूत गरेको छ । कारोबारबाट ।
Facebook Comments Box