काठमाण्डौं । वर्षकै सफल चलचित्र ‘छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका कृष्ण सुवेदीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार, सिलिङ पङ्खामा गलबन्दीको पासो लगाएर उनले आत्महत्या गरेका हुन्।

नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार बिहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेका छन्। चलचित्र पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले उनीसहित चार जनासँग समान्य सोधपुछ गरेको थियो।
अनुसन्धानको क्रममा सुवेदीको सुसाइड नोट पनि भेटिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए। उनको सुसाइड नोटमा आफ्नो आत्महत्याको दोष कसैलाई नदिनु र बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनु भनिएको जनाइएको छ।
उनको सुसाइड नोटमा छक्का पन्जा पाइरेसी आरोपबारे भने केही उल्लेख छैन।
Facebook Comments Box