काठमाण्डौं । नेपाल पत्रकार महासंघका पूर्व सभापतिसमेत रहेका वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ ।

उपाध्यायको बुधबार बेलुका शहीद गंगालाल हृदयरोग अस्पतालमा निधन भएको हो । एक वर्षअघि हृदयघात भएपछि उहाँको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । ९४ वर्षिय वरिष्ठ पत्रकार उपाध्यायले विक्रम संवत २०११ सालदेखि दैनिक समाज पत्रिकामा काम गर्नभएको थियो ।
Facebook Comments Box