काठमाण्डौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रगिरि हिल्स लिमिटेडको भालेश्वर मन्दिर नजिकै पृथ्वीनारायण शाहको मूर्ति स्थापना गरिएको छ। कम्पनीले निर्माण गरेको मूर्तिको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अनावरण गर्नुभएको हो ।
चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकोले मूर्ति स्थापना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक प्रयासपछि परियोजना सकिएको बताउँदै परियोजना निर्माणमा स्थानीयको सहयोगको प्रशंसा गर्नुभयो ।
चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन तथा घुम्न जाने पर्यटकहरुको लागि निशुल्क बस सेवा दिएको छ । हरेक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट बस लाग्ने छन् ।
Facebook Comments Box