झापा- झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक ०१ गते साँझ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर हिलिहाङ गाउँपालिका-६ का डम्बर बहादुर मैनालीको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारी प्रकाउ गरेको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
