झापा- करेन्ट लगाएर माछा मार्दा मेचीनगरका एक व्यक्तिको मृत्यु भएको छ ।
बिहीबार दिउँसो २.३० बजे मेचीनगर –१५ निलकोठी बस्ने ४२ वर्षीय सन्तोष लिम्बूले घरनजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
बेहोस भएका लिम्बूलाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box