झापा । जिल्ला झापाको भद्रपुर नगरपालिका वडा नं. ३, भैसाबारीस्थित मेचीखोलाको किनारमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
आइतबार बिहान करिब ०८:४० बजे मेचीखोला पारी नेपालतर्फ पहाडे मूलको जस्तो देखिने एक पुरुष मानिसको शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाले जनाएको छ ।
घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिप्रका झापाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो ।
आवश्यक कार्यपश्चात् उक्त शवलाई दिउँसो १४:२० बजे पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
