डडेलधुरा । डडेल्धुराको साहुकर्ख गाविसमा सेनाको गाडी दुर्घटना हुदा ३३ जना सैनिक घाइते भएका छन् । हिमपात पछि अबरुद्ध सडक खुलाउनको लागि गरुण दल गण डडेल्धुराबाट मेजर कृष्ण अधिकारीको कमाण्डमा खटिएको ३६ जनाको समूह दुर्घटनामा परहेको हो ।

बाटो खुलाएर फर्कने क्रममा बा १ ब २९४ नम्बरको सेनाको गाडी सडकबाट २५ फिट तल खसेकोे डिएसपी प्रेमबहादुर शाहीले बताउनु भयो ।
घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box