बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित घाग्रापुल छेउमा बिहिबार भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे.१ च. ३११५ नम्वरको मिनी पिकअपले विपरित दिशाबाट आउदै गरेको मे.३ प ४७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महाभारा–७ का २५ वर्षिय अरुण राजवंशी र महाभारा–७ कै २९ बर्षिय लोकचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुको बिर्तामोडको वि एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गाले पिकअफलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box