झापा- बिर्तामोड नगरपालिकाले बैशाख ३ गते स्थानीय विदा दिएको छ ।
आदिवासी राजवंशी समुदायको सिरुवा पर्वको लागि बैशाख ३ गते स्थानीय विदा दिइएको नगरपालिकाका उपसचिव तिलचन भण्डारीले आइतबार जारी गरेको सूचनामा उल्लेख छ ।
राजवंशी समुदायको बाहुल्यता रहेको बिर्तामोडमा विगत केही वर्षदेखि नगरपालिकाले सिरुवाको विदा दिँदै आएको छ ।
राजवंशीहरुले बैशाख १ , २ र ३ गते सिरुवा पर्व मनाउने गरेका छन् । झापा गाउँपालिकाले पनि बैशाख ३ गते विदा दिएको छ ।
Facebook Comments Box
