विराटनगर- झापा र मोरङ जिल्लाका दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
चैत्र २७ गते बिहान ७ बजे पाचँथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ हाल झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएका ५४ बर्षीया दूधकुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली खटी गइ कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी दमक अस्पताल पुर्याएको थियो ।
यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे बर्षा संगै परेको चट्याङले लाग्दा साईकल कुदाईरहेका सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका-१ होक्लाबारीस्थित मामाघरमा आएका १२ बर्षीय बालक आबिस्कार बराल घाइते भएका थिए ।
घाइते उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको थियो ।
