नवीन उप्रेती
झापा- कचनकवल गाउँपालिका–४, केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा लुटपाट भएकाे छ।
आइतबार राति करिब ९ बजेको समयमा सुनसानकाे फाइदा उठाउँदै लुटेराहरूले घरमा पसेर लाखाैंको धनमाल लुटेका हुन्।
लुटपाटमा पंडित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार नगद, टंक खनालको घरबाट सुनकाे सिक्री र नगद २० हजार रुपैयाँ तथा लक्ष्मी चौहानको घरमा रहेका सामानहरू छरपस्ट पारी लुटेराहरू फरार भएकाे स्थानीयले जनाएका छन्।
घटनाको समयमा गाउँमा अष्टजाम संकीर्तनको भीडभाड रहेकाे र घरहरू सुनसान भएकाे कारण लुटपाट गर्न सजिलो भएकाे अनुमान गरिएकाे छ। स्थानीयवासीहरूका अनुसार लुटपाटपछि लुटेराहरू अन्दाज नलाग्ने गरी फरार भएका थिए।
Facebook Comments Box
