झापा- झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको सगरमाथा ग्यारेजमा आगलागी भएको छ ।
लवडाँडाबाट ५० मिटर भित्र गेटबाँधमा सञ्चालनमा रहेको सो ग्यारेजमा गएराति अन्दाजी १० बजे कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो ।
आगलागीवाट सोही ग्यारेजमा विगत ८/९ महिनादेखि मर्मतको लागि राखेको बा १ ज ९६६७ नम्बरको भ्यान पूर्णरुपमा जलेर नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली, कमल गाउँपालिका र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
