झापा- झापाको कनकाई नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाले वडा नं. ९ घैलाडुब्बा बजारमा रहेको कृषि टहरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
एक सय ६० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा १८ जना सहभागीले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई जिज्ञासा, प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए।
अधिकांश प्रश्नकर्ताहरूले कृषि मल र विउका विषयमा गुनासा उठाएका थिए। उनीहरूले जग्गा बर्गीकरणमा समस्य रहेको र धेरै नगरबासीले आफ्ना जग्गालाई आवासमा राखेका र कृषि मल तथा बिउ सुविधा पाउनबाट बञ्चित हुनुपरेको बताएका थिए।
केही सहभागीहरूले जग्गा धनीपूर्जा वितरणको प्रक्रियाका बारेमा जिज्ञासा राखेको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जवाफ दिएका थिए।
त्यस्तै सहभागीहरूले राखेका कार्यालय सञ्चालन र कर्मचारी व्यवस्थापन र सेवा प्रवाहबारे जिज्ञासामा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेले जवाफ दिएका थिए।
स्वास्थ्य सेवाका बारेमा उठेका जिज्ञासाको जवाफ नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव रिजालले दिएका थिए भने कृषि विकासका कार्यक्रमहरूका विषयमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ कृषि अधिकृत यदुकुमार उप्रेतीले दिएका थिए।
प्रश्नकर्ताहरू नर्वदा संग्रौला कनकाई ९, ताराचन राजवंशी कनकाई ९, बिरबहादुर चौहान कनकाई ८, छविलाल खतिवडा कनकाई ८, नन्दकुमार चुडाल कनकाई ८, दिननाथ खतिवडा कनकाई ३, पूण्यप्रसाद सिवाकोटी कनकाई ७, सम्भु सुस्केरा कनकाई १, केवल उप्रेती कनकाई ८, शेरबहादुर थापा कनकाई ९, बृहस्पति उप्रेती कनकाई ८, दुर्गा प्रसाई कनकाई ३, यामनाथ सेडाई कनकाई ३, गोविन्द उप्रेती कनकाई ९, कल्पना मगर कनकाई ९, मोहन थापा कनकाई ४, रविन खड्का कनकाई ९ बाट प्रश्न, जिज्ञासा साथै सुझाव पेश भएका थिए । नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले समग्र प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा सूर्योदय टेलिभिजनका बरिष्ठ कार्यक्रम अधिकृत केशवराज भण्डारीले कार्यक्रम आयोजना हुनु भन्दा १५ दिन अगाडि तयार पारेको नागरिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने नगरको समग्र कार्य सम्पादनको कार्यपत्र नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपालेले प्रस्तुत प्रस्तुत गरेका थिए।
नगरप्रमुख राजेन्द्र कुमार पोखरेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमलाई नगर उपप्रमुख आशा सिवाकोटीले स्वागत गरेकी थिइन् । कार्यक्रम सूर्योदय टेलिभिजनका बरिष्ठ कार्यक्रम अधिकृत भण्डारीले सञ्चालन गर्नुभएको थियो भने दोश्रो सेसन हाक्काहाक्की प्रश्नोत्तर कार्यक्रम झापाका अग्रज सञ्चारकर्मी उमाकान्त खनालले सञ्चालन गरेका थिए।

