झापा- झापाको बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालका छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा. विनय वस्तीको नेतृत्वमा बिहीबार मेचीनगर आधारभूत अस्पताल धुलाबारीमा स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शिविर सञ्चालनका लागि डा. वस्ती नेतृत्वको टोली बिहीबार बिहान मेचीनगर आधारभूत अस्पताल धुलाबारी पुगेको थियो। स्वास्थ्य शिविरमा ४० जना बिरामीलाई डा. वस्तीले जाँच गरेका थिए।
छाती तथा फोक्सोका रोगीहरूलाई थप उपचार गर्नु पर्दा फोक्सोको स्वास्थ्य जाँचसहितको उपचार सेवाका लागि मनमोहन अस्पताल आउन डा. वस्तीले सल्लाह दिएका थिए।


Facebook Comments Box
