झापा- तेह्रथुमको छथर गाउँपालिकामा खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।
सोमबार बिहान ११.४५ बजे छथर गाउँपालिका वडा नं.४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बूको सोही ठाउँमा रहेको परेवाखोपको पहरे खानेपानी ट्यांकीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
स्थानीयले टेलिफोनमार्फत अस्थायी प्रहरी पोष्ट शनिश्चरेमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बसन्तपुरबाट टोली गएको जनाइएको छ ।
Facebook Comments Box
