काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रसाईं सर्वोच्चको आदेशपछि रिहा भएका हुन्।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले प्रसाईंलाई छाड्न सरकारलाई बिहीबार आदेश दिएको थियो।
प्रहरीका अनुसार उनलाई हाजिरी जमानीमा छाडिएको छ।
उनका छोरा निराजन प्रसाईँले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा यसअघि सर्वोच्चले बन्दी झिकाउन आदेश दिएको थियो।
Facebook Comments Box
