झापा- अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व हर्षाेल्लाससहित मनाइएको छ । पोखरी, तलाउ तथा नदी किनारामा निर्माण गरिएका छठघाटमा श्रद्धालु भक्तजनको बाक्लो उपस्थितिमा छठ मनाइएको हो ।
झापामा पनि विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको छ । छठ कात्तिक शुक्ल चतुुर्थीबाट सुरु भएर कात्तिक शुक्ल सप्तमीको बिहानीका उदाउँदो सूर्य अर्घ्य दिएर समापन गर्ने गरिन्छ ।
विशेषगरी झापाका मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा नदीहरूमा छठ पर्व मनाउनेहरूको घुइँचो लाग्ने गरेको छ।
झापाको बिरिङ नदीमा मनाइएको छठका तस्बिरहरूः
Facebook Comments Box