झापा । झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
दमक– ३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले बताए ।
दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।
Facebook Comments Box
