झापा । पाहुना गएका बेला फलामको गेट खोल्ने क्रममा च्यापिएर झापामा एक बालकको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिका- ६ बस्ने सवनम मस्कराका दुई वर्षीय छोरा शिवयम मस्करा आमा श्रेया अग्रवालसँग अर्जुनधारामै रहेको मामा ऋषि अग्रवालको घरमा पाहुना गएको बेला फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर किची घाइते भएका थिए।
घाइते बालकको उपचारका क्रममा बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार बिहान करिब ६:१५ मा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।
Facebook Comments Box
