झापा । प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए।
प्रहरीले जुवाको खालबाट करिव ५ लाख रुपैयाँ बरामद गरेको छ। पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमक लगिएको छ।
पक्राउ पर्नेहरूमा झापा शिवसताक्षी नगपालिका वडा नम्बर ६ बस्ने बर्ष ५० को मिलन भण्डारी, शिवसताक्षी ९ बस्ने बस्ने बर्ष ४७ को दिपक तामाङ, शिवसताक्षी ६ बस्ने बर्ष ४२ को नविन तिम्सिना, शिवसताक्षी ९ बस्ने बर्ष ३९ को प्रकाश लिम्बु, बर्ष ३७ को भिमबहादुर भण्डारी, बर्ष ४१ को दिनेश बाराकोटी, बर्ष ४१ को खगेन्द्र उप्रेती, बर्ष २० को सौगात मैनाली, शिवसताक्षी ११ बस्ने बर्ष ३२ को नरेन्द्र बिश्वकर्मा, बर्ष ३६ को लोक बहादुर बिश्वकर्मा, बर्ष ३९ को होटल साहु बिनोद खरेल, भारत कोलकाता बस्ने बर्ष ४१ को परिदोश पल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
