झापा । सुनसरीको इटहरी– ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन्।
इटहरी– ५ शितल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टी घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी) घाँटी रेटिएको अवस्थामा फेला मंगलबार साँझ फेला परेकी हुन्।
साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए।
उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन्। चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ।
आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box
