उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
मंगलबार साँझ ७ बजे त्रियुगा नगरपालिका ६ जलजलेस्थित सम्सेर तामाङको घरमा भाडा लिएर बसेका ताप्ली– ४ लखनडाँडा घर भएका अन्दाजी ३५ वर्षका जंगे तामाङले आफ्नै श्रीमती अन्दाजी २९ वर्षकी प्रमिला तामाङको घाँटी छिनाएर हत्या गरेका हुन्।
उनले श्रीमतीको घाँटी काटेर इलाका प्रहरी कार्यालय जलजलेमा आत्मसमर्पण गरेका छन्।
तामाङलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
