झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुससहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ८० हजार रुपैयाँ घुस लिँदै गर्दा वडाध्यक्ष ओलीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका छन्।
एक जना भारतीय नागरिकलाई जमिन दिलाइदिने भन्दै ती भारतीयबाट एक लाख ६० हजार वडाध्यक्ष ओलीले घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन्।
मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानले ८० हजार रुपैयाँ दिँदै गर्दा ओली माओवादी कार्यकर्ताको नियन्त्रणमा परेका थिए।
घुस दिने र लिनेलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।
Facebook Comments Box
