काठमाडौँ । पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।
नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ ।
अन्य इन्धनको भाउ भने यथावत् रहेको निगमले जानकारी दिएको छ ।
Facebook Comments Box
