काठमाडौँ । आफैले पालनपोषण गरेको बालिकालाई करणी गरी गर्भवती बनाउने एकजना पुरुष झापाको बुद्धशान्ति ४ बाट पक्राउ परेका छन् ।
गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् ।
तिनै ४१ वर्षका पुरुषले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।
बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
